काठमाडौँ। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप(३१० मा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्किएको आन्ताल्या पुगेका छन्।
नोभेम्बर ९ देखि २० ९कात्तिक २३ देखि मङ्सिर ४ गते० सम्म सञ्चालन हुने उक्त उच्चस्तरीय सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले भोलि नोभेम्बर ९ (कात्तिक २३ गते) सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उनले नोभेम्बर ११ र १२ (कात्तिक २५ र २६ गते) आयोजना हुने विश्व नेताहरूको शिखर सम्मेलनमा समेत सहभागिता जनाउनेछन्।
सम्मेलनका क्रममा नेपाल, ताजिकिस्तान, कीर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने हिमाली एजेन्डा, पग्लेका हिमनदी र दीगो जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा मन्त्री खनालले विशेष सहभागिता जनाउनेछन्।
सम्मेलनका विभिन्न साइड इभेन्ट तथा मित्रराष्ट्रका समकक्षी मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता सम्पन्न गरी उनी नोभेम्बर १४ (कात्तिक २८ गते) स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।










