एनपीएल : पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित



काठमाडौं । ओपनर ब्याटर युवराज सम्राको शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ ।

आइतबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सलाई ६३ रनले हराउँदै पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणमा पहिलो जित निकालेको हो ।

लगातार चार खेल हारेको पोखराले पाँचौँ खेलमा आएर लिगमा पहिलो जित निकालेको हो ।

पोखरा एभेन्जर्सले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णाली याक्स १८।३ ओभरमा अलआउट हुँदै १५४ रनमै समेटियो ।

प्रकाशित मिति : कार्तिक २३, २०८३ सोमबार  ५ : ३१ बजे