काठमाडौँ । सरकारले प्रहरी प्रमुखबाट बर्खास्त गरेका तत्कालीन आइजीपी दानबहादुर कार्कीले पुनर्वहाली माग गर्दै दायर रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
कार्कीलाई कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही बैठकले डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गरेको थियो।
सरकारको उक्त निर्णयविरुद्ध कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।










