आगामी निर्वाचन सामान्य हुँनेवाला छैन : एमाले उपाध्यक्ष बादल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले आगामी निर्वाचनमा पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको असाामान्य संघर्ष हुने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा राजनीतिक शक्तिबीच तिब्र प्रतिष्पर्धा हुने बताएका हुन् ।

बादलले आगामी निर्वाचन फासीवादी तथा पपुलिस्ट शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण संघर्ष हुने दाबि गरे।

थापाले घटनाक्रममा अप्रत्याशित परिवर्तन नभए आगामी वर्ष २०८४ निर्वाचन र चुनावी संघर्षको वर्ष हुने उल्लेख गरे । उनले आगामी निर्वाचनमा पपुलिस्ट शक्तिहरूले आफ्नो राजनीतिक वर्चश्व कायम गर्न खोज्ने र त्यसको प्रतिवाद लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूले गर्नुपर्ने बताए ।

प्रकाशित मिति : मंसिर ३, २०८३ बिहिबार  १ : १६ बजे