ताप्लेजुङमा भूकम्प धक्का



काठमाडौँ । ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प आज बिहान ७ बजेर १७ मिनेटमा गएको हो ।

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।

प्रकाशित मिति : मंसिर ८, २०८३ मंगलबार  ८ : ५९ बजे