१० मंसिर, काठमाडौं । लामो समयदेखि कार्यालयमा हाजिर नभएका १४ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानून तथा मानव अधिकार महाशाखा ९कानुन शाखा० ले सूचना प्रकाशित गर्दै गैरहाजिर प्रहरी कर्मचारीलाई बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारणसहित उपस्थित हुन निर्देशन दिएको हो ।











