सुनचाँदीको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौँ, मंसिर ११ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला रु तीन हजार ३०० र असली चाँदी रु १२० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४६ हजार १०० र असली चाँदीको मूल्य रु तीन हजार १९५ कायम भएको छ ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य रु तीन हजार ७५ कायम भएको थियो ।

प्रकाशित मिति : मंसिर ११, २०८३ शुक्रबार  ११ : ०९ बजे