काठमाडौं । निर्वाचन आयुक्त डा. राजीव सुब्बाले निर्वाचनलाई परम्परागत ढंगले सञ्चालन गर्दै आएको व्यवस्थामा परिवर्तन गर्नुपर्ने बताएका छन् ।
शुक्रवार ललितपुरमा निर्वाचन आयोगले चौथो पञ्चवर्षिय रणनीतिक योजनाबारे सरोकारवालाहरुसँग गरेको छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले अबको निर्वाचन प्रणाली, व्यवस्था र निर्वाचनसम्बन्धी सम्पूर्ण क्रियाकलापमा समयअनुकूल परिवर्तन आवश्यक रहेको बताए ।
अहिलेको निर्वाचन प्रक्रियाले विभिन्न कारणले धेरै नागरिकलाई मतदान गर्न कठिनाइ भइरहेको उनको भनाइ छ ।










