काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा सरकार, संसद्, अध्यादेश तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र मुलुकको समसामयिक अवस्थाबारे विचारविमर्श भएको थियो ।
हिजो बिहिबार प्रधानमन्त्री बालेन शाह र सभापति लामिछानेबीच लामो भेटवार्ता भएको थियो ।










