मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । उनले दुई हजार पाँच सय ७५ मत प्राप्त गरी विजयी भए भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पोल्देन छेवाङ गुरुङले २ हजार २ सय ४७ मत मत प्राप्त गरे ।
अघिल्लो निर्वाचनमा उनै पोल्देनसँग पराजित भएका टेकबहादुरले यस पटक जित हासिल गरेका हुन् ।
यस्तै प्रदेश सभा ९क०मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मुनिन्द्रले १ हजार २ सय ५५ मत ल्याएर एमालेका राजन गुरुङलाई पराजित गरेका हुन् । एमालेका गुरुङले ९ सय २५ मत ल्याएका थिए ।
यस्तै प्रदेशसभा ‘ख’ मा भने यसअघि नै राजीव गुरुङ ९ दीपक मनाङे० सर्वसम्मत निर्वाचित भइसकेका छन् ।










