काठमाडौं ४ मा गगन थापा विजयी



नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रतिनिधिसभामा विजयी हुने निश्चित भएको छ । उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट निर्वाचित हुने पक्का भएको हो ।

औपचारिक घोषणा नभए पनि थापाले १९ हजार १४ मत ल्याएका छन् भने, उनका निकटतम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १३ हजार २३ मत ल्याएका छन् ।

मतान्तर ५ हजार ९ सय ९१ रहँदा गन्न बाँकी मत कामनपा ३० नम्बरको ४ हजार ८ सय ८१ मात्रै रहेको छ । यसरी नेपाली कांग्रेसका महामन्त्री थापाको जित सुनिश्चित देखिएको हो ।

प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार  ९ : २१ बजे