काठमाडौँ ५ अपडेट : प्रदीप पौडेल ईश्वर पोखरेल भन्दा बाईस सय मतले अघाडि



काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन् ।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उनले एक हजार आठ सय १६ मत अन्तरले अग्रता लिएका हुन् ।

बाइस हजार पैँसठ्ठि मत गणना हँुदा युवा नेता पौडेलको सात हजार तिन सय पचास मत प्रप्त भएको छ भने नेकपा ९एमाले० तर्फका उम्मेदवार ईश्वर पोखरेलको पाँच हजार एक सय तेह्र मत प्राप्त भएको क्षेत्र नम्बर ५ निर्वाचन कार्यालयका प्रवक्ता कमलकान्त जोशीले जानकारी दिए ।

यस क्षेत्रमा कूल ७० हजार नौ सय १९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार नौ सय ९७ मत खसेको थियो । काठमाडौँ क्षेत्र नम्बर ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कूल २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार  ११ : ०६ बजे