ललितपुर ३ मा तोसिमाको अग्रता बढ्दै



२०७९ मंसिर ६ ,काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले मतान्तर बढाएकी छन् ।

तोसिमाले ५ हजार १२३ मत ल्याउँदा नेकपा एमालेका अमृत खड्काले ३ हजार ९५९ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार २९३ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार  ११ : ३३ बजे