अर्घाखाँचीमा एमालेका रायमाझी विजयी



२०७९ मंसिर ६,काठमाडौं । अर्घाखाँचीबाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुषाललाई करिब ३ हजार मतले पराजित गर्दै नेकपा एमालेका टोपबहादुर रायमाझी विजयी भएका छन् । यद्यपि औपचारिक घोषणा हुन भने बाँकी छ ।

रायमाझीले १० हजार १ सय ७८ मत ल्याउँदा कांग्रेसकी पुष्पा भुषालले ७ हजार ६ सय ३१ मत मात्रै पाइन् ।

तत्कालीन नेकपामा विभाजन हुँदा माओवादी केन्द्र छाडेर एमालेकै समूहमा बस्दा सांसद पद गुमाएका रायमाझी एमालेका सचिवसमेत रहेका छन् ।

प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार  ४ : ३१ बजे