काठमाडौं स् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनबाट सोचेअनुसारको परिणाम नआएको बताएका छन् । शुक्रबार गोरखामा मतदातालाई धन्यवाद दिने कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।उनले गठबन्धन दलको बैठक तुरुन्तै बस्नुपर्ने भएको औल्याए ।
उनले गठबन्धन दलहरू बीचको बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगाएको भने दाबि गरे ।’अहिलेसम्मको उपलब्धिलाई उल्ट्याउने प्रयासविरुद्ध सबैलाई साथ दिन अपिल गर्छु । यसअघि दुर्घटनामा जाने हो भन्ने अवस्थामा पुगिसकेको थियो । हामीले गम्भीर बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगायौँ,’ उनले भने,’ ।
अध्यक्ष प्रचण्डले निर्वाचनमा गठबन्धनले सोचेजस्तो परिणाम नआएको पनि बताएका छन् । उनले यस विषयमा गठबन्धनमा सामेल दलहरुबीच छलफल गर्नेसमेत उल्लेख गरे । प्रचण्ड गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।










