इलाममा नेम्वाङ विजयी



२०७९ मंसिर ११ मङ्गलबारे । इलाम २ बाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ विजयी भएका छन् ।

रोकिएको मतगणना शनिबार राति ९ बजेदेखि पुन सुचारु भएसँगै नेकपा एमालेका उम्मेदवार नेम्वाङ ११४ मतान्तरले विजयी भएका हुन् ।

नेम्वाङले ३० हजार २० मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गरे ।

इलाम नगरपालिकाका १ को मतगणना गर्ने क्रममा ४० मत हराएको र ४४ मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै गठबन्धन दलले नाराबाजीसहित विरोध गरेपछि गणना रोकिएको थियो ।

प्रकाशित मिति : मंसिर ११, २०७९ आइतबार  ७ : ३२ बजे