माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो



माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा उपेन्द्र महतो नियुक्त भएका छन् ।

सोमबार बसेको बैंकको ४७२औं सञ्चालक समितिको बैठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

बैंकको अध्यक्षबाट डा विरेन्द्र महतोले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै डा महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।

महतो गैरआवासिय संघका संस्थापक अध्यक्ष समेत छन् ।

प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार  १० : १५ बजे