काठ्माण्डौ-
नेपाल सरकारको अनुमति बिनानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय एयर मार्शलहरु रहदै आएको खुलेको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इन्डियन एयरलाइन्सले भारतिय सेनाका सुरक्षाकर्मिहरु एअर मार्शलको रुपमा प्रयोग गरी रहेको तथ्य सार्बजनिक भएको छ ।
भारतले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा एयर मार्शल राख्न पाउनु पर्ने धेरै समय देखी माग गर्दै आएको भय पनि सरकारी स्तरमा सम्झौता भएको सार्बजनिक भएको छैन । तेस्तो सम्झौता भएको भय पनि त्यो सार्बजनिक भएको छैन ।
यो भरतले नेपालका हरेक पटक बन्ने सरकार सग माग राख्दै आएको बिषय हो ।तर अहिले सम्म नेपालमा बनेका कुनै सरकारले भारतको यो प्रस्ताब अस्विकार गर्दै आएका थिय ।
नेपालको हावाइ निती अनुसार अनुसार गृह मन्त्रालयबाट स्वीकृति लिएर मात्र एयर मार्शल राख्न पाइने भएपनि अनुमति नलिएरै भारतले एयर मार्शल राखेको खुलेको छ । एअर मार्शल राख्ने प्रचलन अन्य मुलुकमा पनि रहेको भय पनि त्यो दुइ देश बिच सम्झौता भए पछी मात्रै सम्भब हुने गरेको छ ।
यस सगै बर्तमान सरकार र सरकारका प्रधानमन्त्री प्रती गम्भिर प्रश्न उठेको छ ।
के सरकारी अनुमती बिनै जुन सुकै रुपमा होस कुनै देशको अन्तर्राष्ट्रिय बिमानस्थलमा बिदेशी सेना रहन सक्छ ?
कुनै मुलुकको अन्तर्राष्ट्रिय बिमानस्थलमा बिदेशी सेनाको उपस्थिती बारे त्यो देशको सरकार अनभिज्ञ रहन सक्छ ?
एअर मार्शलका रुपमा भारतिय सेनाको उपस्थिती रहेको खुले सगै यस बिशयमा बर्तमान सरकारले कुनै अदृष्य सम्झौता गरेको आशङ्काहरु गर्न थालिएको छ ।
दुइ देशको स्तरमा कुनै सम्झौता नभइ एअर मार्शलको रुपमा भारतिय सेनाको उपस्थिती लाई सरकारले स्विकार गरेको हो भने यो कस्तो बिशय हो ? यदी भारतले एअर मार्शल राख्न पाउने सम्झौता भएको भय त्यो सार्बजनिक नहुनु पर्ने के कारण हो ?
यस बिशयमा बर्तमान सरकारले जनतालाई जवाफ दिनु पर्छ ।










