५ पुस २०७९, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई पार्टी संसदीय दलको नेता बनाउने शेखरको प्रस्तावको समर्थनमा उपसभापति धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्मा बसेका छन् ।
थापाको मनोनयनपत्रमा प्रस्तावक र समर्थकको हस्ताक्षर भइसकेको छ ।नेपाली कांग्रेस संसदीय दलको नेता चयनको लागि मनोनयन दर्ता सुरु भएको छ । सिंहदवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा मनोनयन दर्ता प्रक्रिया सुरु भएको हो ।










