प्रतिनिधिसभा सदस्यको शपथ अघि सर्वदलीय बैठक



काठमाडौं, ६ पुस । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाइएको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ज्येष्ठ सदस्यको रुपमा राप्रपा नेता पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनले भोलि बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदैछन् । तर, यसअघि बिहीबार मध्यान्ह १२ बजेका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरिएको छ ।

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ । बैठकमा संसद सञ्चालनलगायतका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : पुस ६, २०७९ बुधबार  ५ : १३ बजे