नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग प्रधानमन्त्रीले माग विश्वासको मत



२४ पुष २०७९ १३स्१७काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादीविश्वासको मत मागेका छन्। प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन्। यसअघि आइतबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल र यादवसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन्।

भेटपछि माओवादी केन्द्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भेटवार्ता सकारात्मक भएको प्रतिक्रिया दिए। यस्तै जसपा अध्यक्ष यादवले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा कुनै शंका नै नरहेको बताउँदा नेकपा एस अध्यक्ष नेपालले भने कुनै प्रतिक्रिया नै दिएनन्।

प्रकाशित मिति : पुस २४, २०७९ आइतबार  २ : ०४ बजे