आइसिसी यु–१९ विश्वकप क्रिकेटको आजको छनोट खेलमा नेपालको शानदार प्रदर्शन, ओमान १ सय ५० रनले पराजित



वैशाख ३, काठ्माण्डौ  –

मलेसियमा  भइरहेको आइसिसी यु–१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले तेस्रो जित निकालेको छ ।  मंगलबारको खेलमा नेपालले ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले हराएको हो।

टस हारेर पहिले ब्यटिङ्ग गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ७५ रन बनाएका थिए । त्यसैगरि प्रतिस जिसीले ४१ र भिम सार्कीले ३९ रनको योग दान दिएका थिए।

२ सय ३० रनको लक्ष्य पछ्याए को ओमान ४४.१ ओभरमा ७९ रनमा अलआउट भएपछि नेपालले सानदार जित हात पारेको हो। ओमानका लागि अमनप्रित सिरहाले १३ रन र जिल तन्नाले नटआउट १३ रन बटुले।

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङमा नेपालका पवन सर्राफले ३ विकेट लिए। प्रतिश जिसी र सूर्य तामाङले २-२ विकेट लिए। कुशल मल्ल, भीम सार्की र कमलसिंह ऐरीको नाममा १-१ विकेट लिए।

आजको जित सगै नेपाल आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको छ्नोटमा पर्ने सम्भाबना निकै बढेर गएको छ ।

 

प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार  ९ : १५ बजे