काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड नेतृतवको मन्त्रिपरिषद् आज विस्तार हुँदै छ ।
सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । नँया मन्त्रिहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।
दलहरूबीच भएको सहमति अनुसार अनुसार एमालेले ८ वटा मन्त्रालयसहित दुई राज्यमन्त्री पाउने भएको छ।
माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री, राप्रपा र रास्वपाले ३र३ मन्त्री र एकएक राज्यमन्त्री पाउने भएका छन्। जनमत पार्टीले एक मन्त्री पाउनेछ ।नागरिक उन्मुक्ति र लोसपालाई भागबन्डा गरिएको छैन ।










