प्रतिनिधिसभा सभामुखका लागि मनोनयन दर्ता आज हुँदै



माघ ४, २०७९ काठमाडौं । प्रतिनिधिसभाको सभामुख चुनावका लागि आज उमेदवारी दर्ताको कार्यतालिका छ । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्ने संघीय संसद् सचिवालयले प्रकाशन गरेको कार्यतालिकामा उल्लेख छ ।

४ः१५ बजे दर्ता गरिएका उमेदवारको नाम प्रकाशन गर्ने कार्यतालिका रहेको छ । भोलि बिहान ११ बजे सभामुख चयनका लागि छलफल सुरु हुनेछ ।

सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेको भागमा परेको छ। गठबन्धनका तर्फबाट एमालेबाट निर्वाचित सांसदले उम्मेदवारी दर्ता गराउनेछन्। यद्यपि, एमालेले उम्मेदवारको टुंगो लगाइसकेको छैन।

सभामुखमा उमेदवारी दिनेरनदिने निर्णय लिन कांग्रेसको भने पदाधिकारी बैठक बस्दै छ ।

प्रकाशित मिति : माघ ४, २०७९ बुधबार  ९ : २३ बजे