नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने भएको छ । शुक्रबार विहान कांसभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले उनलाइ उपसभामुख उठाउने निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी यादव समानुपातिक सांसद हुन् ।
कांग्रेसले सभामुख पदमा पनि महिला उमेदवार बनाएको थियो । पार्टीबाट ईश्वरीदेवी न्यौपाने उमेदवार बनेकी थिइन् । उनी एमालेका देवराज घिमिरेसँग पराजित भएकी थिइन् ।










