उदयपुर
मंगलबार राति वर्षा, हावाहुरीसंगै खसेको चट्याङ लागेर उदयपुरको कटारी नगरपालिका-८ कि कालीमाया थापामगरको मृत्यु भएको छ परिवारका अन्य ७ जना घाइते भएका छन्।
राति ८ बजे वर्षासंगै खसेको चट्याङ लागेर ३५ वर्षीया मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
चट्याङको झट्काले १२ दिनकी नाबालिका सहित एकै परिवारका बाबु ३८ वर्षीय कृष्ण बहादुर थापामगर, वर्ष १२ की सुनिता, वर्ष १० की अनिता, वर्ष ८ की गीता, वर्ष ७ की खीला र वर्ष ५ को कुल बहादुर थापामगर घाइते भएका हुन्। उनीहरुको अवस्था सामान्य रहेको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको प्रहरीले जनाएको छ।










