रवि लामिछानेले फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबार बसेको बैठकले लामिछानेलाई फेरि पार्टी सभापति बनाउने निर्णय गरेको हो।
रास्वपाका एक नेताले दिएको जानकारीअनुसार लामिछानेलाई फेरि गृह मन्त्रीकै रुपमा पठाउने तयारी छ ।
गृह मन्त्रालय नपाए आफूहरु सरकारबाट बाहिरिने तयारीमा रहेको रास्वपाका एक नेताले बताए ।
शुक्रबार सर्वोच्च अदालतबाट नागरिकता अवैध ठहर भएसँगै उनको उपप्रधानमन्त्री, सांसद र पार्टी सभापतिको पद गुमेको थियो।
आइतबार उनले काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुनर्प्राप्ति गरेसँगै उनले पुनस् पार्टी सभापतिको जिम्मेवारी पाएका हुन्।










