निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनको मिति सार्वजनिक गर्ने



काठमाडौँ – निर्वाचन आयोगले सोमबार राष्ट्रपतिको निर्वाचन मिति सार्वजनिक गर्दैछ। आयोगको बैठक अहिले जारी रहेको र आजैको बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक आयुक्तले जानकारी दिए । ।

निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने तयारी रहेको बताइएको छ।आयोगले फागुनको अन्तिममा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ मा सकिँदैछ।

प्रकाशित मिति : माघ १६, २०७९ सोमबार  १ : १६ बजे