विपक्षी गठबन्धनले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ। शनिबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले राष्ट्रियसभामा उम्मेदवारी दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरे पनि नाम भने अझै सार्वजनिक गरीएको छैन ।
बिपक्षी दलका नेताहरुलाई सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बैठकमा बोलाए पनि उसले आफनो पार्टीको तर्फवाट को उम्मेदवार दिने भन्ने जानकारी भने गराएन । प्रमुख सचेतक लेखकका अनुसार २३ माघमा हुने राष्ट्रिय सभा उपाध्यक्षका लागि साझा उम्मेदवार बनाउने सहमति भएपनि नाम भने अझै चयन भएको छैन । यद्धपी, आजको बैठकमा प्रारम्भिक कुरा भएकाले भोली बस्ने बैठकवाट नाम टुंगाइनेछ ।
कांग्रेसले यसअघि नै पदाधिकारी बैठकवाट राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी लिने निर्णय गरिसकेको छ । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सो पार्टीवाट कोही पनि उम्मेदवार नहुने जानकारी गराई सकेका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले भने सो बारेमा कुनै धारणा सार्वजनिक नगरे पनि कांग्रेस उम्मेदवारलाई समर्थन जनाउने संकेत बैठकमा दिएको छ । बैठक भोली पनि बस्नेछ ।,










