सांसद एबं नेपालि कांग्रेसका नेता प्रदिप पौडेलले सम्पत्ति शुद्घिकरण सम्वन्धि ऐनलाई संशोधन गर्न बनेको बिधेयकलाई हालसम्म संसदमा नल्याउनु गम्भिर विषय भएको बताएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्
बैठकमा बोल्दै पौडेलल भने, “गत पौष १ गते एफएटीएफको टोली नेपालको स्थलगत मुल्याङ्कन गरेर फर्कियो। उसको मुल्याङ्कनले स्पष्ट भन्छ कि कानुन बनाउ नत्र तिम्रो देश ग्रे जोनको सूचीमा पर्छ। उसले तोकेका मापदण्डहरु पूरा गर्न नसक्दा कतिपय ठूला देशहरु आर्थिक विषयको अन्तराष्ट्रिय सञ्जालबाट बाहिरिएका छन्, जसको कारण आर्थिक प्रणालीमा ति देशहरुले ठूलो संकट सामना गरिरहेका छन् भने हाम्रो जस्तो रेमिटेन्समा निर्भर देश ग्रे जोनमा परेर अन्तराष्ट्रिय वित्तिय प्रणालीबाट दण्डित र बञ्चित हुन पुग्यो भने हाम्रो सिङ्गो अर्थतन्त्र नै धरासायी हुन पुग्छ।”
सांसद पौडेलले उक्त्त बिधेयक पहिला अध्यादेश बनाएर पेश गर्दा पनि, राष्ट्रपतीबाट जारी नभएकोले पुनः अन्तराष्ट्रिय जगतलाई विश्वस्त बनाउने र आन्तरिक सुधार, भ्रष्टाचारको अन्त्य, हुण्डी निवारण लगायतका विषयको सम्बोधन हुने गरि कडा कानुन निर्माण गरेर राइट ट्रयाक खोज्न माग गरे।
पौडेलले विधेयकलाई संसद्मा ल्याउन र पारित गरेर नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालहरूमा कालोसूचीमा पर्नबाट बचाउन जोद्धदार माग गरे ।










