राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी अर्याल सर्वसम्मत बन्दै



२०७९ माघ २३, काठमाडौं । आज राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुँदै छ । सङ्घीय संसद सचिवालयका अनुसार आज राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुने कार्यतालिका छ । उपाध्यक्ष पदका लागि हालसम्म नेकपा माओवादी केन्द्र०की उर्मिला अर्यालको मात्र उम्मेदवारी परेको छ । एक मात्र उम्मेदवार अर्यालको उम्मेदवारी परेकाले उनी सर्वसम्मत हुने सम्भावना छ ।

आज बस्ने राष्ट्रिय सभा बैठकले उपाध्यक्ष चयन गर्नेछ । आज ११स् ५९ बजे का लागि बैठक बोलाइएको छ । प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि दलीय आधारमा प्रस्तावमाथि छलफल हुनेछ। प्रस्तावको छलफल सकिएपछि एक मात्र प्रस्ताव भएकाले निर्विरोध भएको घोषणा बैठकमा गरिनेछ।

सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी अर्याललाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगायत गठबन्धनले पनि समर्थन गरेको छ । कांग्रेसले अर्याललाई समर्थन गर्ने निर्णय गरेकाले उनी निर्विरोध निर्वाचित हुने भएकी छन् । अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहेका छन् ।

अर्याल नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् । राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : माघ २३, २०७९ सोमबार  १२ : ०२ बजे