काठमाडौं, २३ माघ । राष्ट्रियसभाको आजको बैठकले तीनवटा बिद्येयकलाई सर्वसम्मत रुपमा पारित गरेको छ ।
आज बसेको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ , ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ ‘अभिलेख संरक्षण ९पहिलो संशोधनंं० विधेयक, २०७७’ लाई सर्वसम्मतिले पारित गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार ५ बजे बस्नेछ।










