काठमाडौं, २४ माघ । सरकारले बागमती बाँध आयोजनको कार्य अघि बढाउन गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको भारतमा आयोजना हुने नेपाल भारत विद्युत् सम्झौता संयुक्त कार्य सञ्चालक समितिको १०औँ बैठकमा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई जान स्वीकृति दिने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारि दिइन् ।
तेस्तै सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) व्यवासायिक वातारणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भएको छ ।
फागुन १ गतेदेखि ५ गतेसम्म हुने भारत भ्रमणका लागि रक्षामन्त्रीलाई जान स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।










