रहेनन् पूर्वसांसद तथा कांग्रेस नेता घले

काठमाडौं, २४ माघ । पूर्वसांसद एवं कांग्रेस मनाङका महासमिति सदस्य कर्मा घलेको निधन भएको छ ।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा क्यान्सरको उपचार गरिरहेका घलेको मंगलबार उपचारको क्रममा निधन भएको हो ।

५९ वर्षीय घले २०७४ मा समानुपातिक सांसद थिए । कांग्रेसले शोक विज्ञप्तिमार्फत घलेको निधनले नेपाली कांग्रेस एवं सामाजिक क्षेत्रलाई अपुरणीय क्षति भएको जनाएको छ ।

प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार  ७ : ३१ बजे