सुदूरपश्चिम प्रदेशसभा बैठक ४ बजेसम्म सर्‍यो, नागरिक उन्मुक्तिलाइ मनाउने प्रयास जारी



सुदूरपश्चिम प्रदेशसभा बैठक सरेको छ । नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नभएसम्म मत नदिने अडान कायमै राखेपछि सहमतिको प्रयासका लागि बिहनज ११ बजेका लागि तय भएको बैठक ४ बजेसम्मका लागि सारिएको हो ।

प्रदेशसभा सचिव देवबहादुर बोगटीले बैठक ४ बजेसम्मका लागि सारिएको जानकारी दिए ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आज अन्तिम दिन सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत लिदै छन् ।

प्रकाशित मिति : माघ २६, २०७९ बिहिबार  १ : १८ बजे