माओवादीले मनाउँदै आएको जनयुद्ध दिवसमा भोलि देशभर सार्वजनिक बिदा



काठमाडौं, २९ माघ । सरकारले जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय गरेको छ।

आजको बसेको मन्त्रिपरिषद्‍ बैठकले भोलि(फागुन १) गते जनयुद्ध दिवसको अवसर पार्दै देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावमा मन्त्रिपरिषद्‍‌ले बिदा दिने निर्णय गरेको हो।

माओवादी हरेक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ।

कर्णाली र बागमती प्रदेश सरकारले पनि यसअघि नै जनयुद्ध दिवसको दिन पारेर भोलि बिदा दिने निर्णय गरेका छन्।

प्रकाशित मिति : माघ २९, २०७९ आइतबार  ५ : ४६ बजे