पहिलो दल कांग्रेसले राष्ट्रपतिमा दाबी गर्नु स्वभाविक : प्रकाशमान सिंह



काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन् । आज नेपाल जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो दाबी गरेका हुन् । उनले संसदको पहिलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफुहरूको दाबी स्वभाविक रहेको बताए ।

‘सन्तुलनका लागि राष्ट्रिय कांग्रेसले अघि सार्ने उम्मेदवारलाई बनाउन प्रयास गर्छौं र कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्नुहुन्छ’, सिंहले भने । राष्ट्रपतिको विषयमा सत्तागठबन्धनभित्र खटपट देखिएका बेला कांग्रेस सांसद समेत रहेका सिंहको दाबीलाई अर्थपूर्ण ठानिएको छ । उनले कांग्रेसबाट राष्ट्रपतिको उम्म्दवार को बन्ने भन्नेबारेमाचाहिँ केही बोलेनन् ।

पुस १० को सहमति अनुसार भन्दै एमालेले राष्ट्रपतिमा दाबा गरिरहेका छ भने माओवादी राष्ट्रपति राष्ट्रिय सहमतिमा बनाउनुपर्ने अडानमा छ । नेता सिंहले राजनीतिमा सरकार परिवर्तनको विषय स्वभाविक हुने पनि बताए। उनले संविधानले दिएका अधिकार कार्यान्वयनमा ल्याउन विधिको शासन कायम हुनुपर्नेमा जोड दिए । कांग्रेसले व्यवस्था परिवर्तन गरेर लोकतान्त्रिक प्रणाली स्थापित गरेको तर यसलाई संस्थागत गर्नका लागि भने धेरै काम गर्न बाँकी रहेको सिंहको भनाई थियो ।

‘जादूको छडी त कोहीसँग छैन । अहिलेका व्यवस्थालाई संस्थागत गर्न नेपालको राजनीति केन्द्रीत भइरहेको हामीले मनन् गर्नुपर्छ, सिंहले भने , आलोचना गर्नु राम्रो कुरा हो । असन्तुष्ट हुँदै गर्दा सन्तुष्ट हुनलाई के हुनुपर्छ पनि त भन्नुपर्यो ।’उनले संघिय संसदले संविधान कार्यान्वयनका लागि आवश्यक ऐन बनाउनुपर्ने पनि बताए ।

नेपाल जेसिसको प्रसिक्षण भेला आज र भोलि दुई दिन सम्म काठमाडौ मा चल्ने छ भेलामा देस भर का जेसिस अभियानता हरुको सभागिता रहेको छ ।

प्रकाशित मिति : फाल्गुन ५, २०७९ शुक्रबार  १ : १८ बजे