काठ्माण्डौ-
निरन्तर शनिबारको नियमित रचना वाचनको यस प टकको शृङ्खला कवि आर एम डङ्गोलको साथमा सम्पन्न भएको छ । । कार्यक्रममा डङ्गोलले आफ्नो साहित्यिक यात्राका अनुभव र अनुभूतिहरु सुनाउँदै आफूले वाचन गरेको कवितामाथि पारिजातले कमेन्ट गरेको कुरा स्मरण गर्नु भयो । कविता लेखनमा आफूले तिन दशक पार गरेको भए पनि परिष्कार र परिमार्जनको क्रम अझै कायम रहेको अनुभव बाँड्नु भयो । अहिले आफ्नो ब्रह्मले देखेको भन्दा पनि बजारमा बिक्ने खालको साहित्य लेख्ने प्रवृत्ति बढेको भन्दै त्यसले गुणवत्तामा वृद्धि नगर्ने जिकिर गर्नु भयो । आफूले विश्वविद्यालयमा कविता पढाउने गरेको प्रसङ्ग कोट्याउँदै कवि डङ्गोलले कविता सिद्धान्त जानेर मात्र कोही कवि बन्न नसक्ने र शास्त्र वा सिद्धान्तलाई अगाडि राखेर सिर्जना नहुने दाबी गर्नु भयो । पहिला सर्जकले सिर्जना गर्ने र त्यसपछि मात्र ती सिर्जनाहरुको व्याख्या(विश्लेषण गर्न समालोचना सिद्धान्तहरुको विकास हुने कुरा प्रस्ट पार्नु भयो । प्रत्येक हप्ता कार्यक्रम गर्न निकै कठिन हुँदाहुँदै पनि निरन्तर शनिबारले यसलाई सम्भव बनाएको भन्दै प्रशंसा गर्नु भयो । यस क्रममा उहाँले( पाँचथर, कवितामा काठमाडौँ, अनाम यात्रीहरुको नाममा, मुक्तियात्रा, अन्तर र गुनासो गरी आधा दर्जन कविता सुनाउनु भयो। कार्यक्रममा सुदर्शन शर्मा, पूर्णिमा प्रतिविम्ब, केवल कार्की, पदम दाहाल, राजबाबु श्रेष्ठ सागर, दुर्गा जोशी, काशीराम बजगाई, सुविन खनाल, प्रकाश सिलवाल, सोझो गाउँले लगायतले आआफ्ना रचना९कविता, गीत, गजल, मुक्तक०हरु सुनाएका थिए । कार्यक्रम वाल्मीकि विद्यापीठमा सम्पन्न भएको थियो र उक्त कार्यक्रम रेडियो अन्नपूर्ण ९४ मेगाहर्जबाट प्रसारण गर्नका लागि रेकर्ड पनि गरिएको थियो ।