काठमाडौंबाट मनकामना जाँदै गरेको बस पल्टियो, २ जनाको ज्यान गयो



काठमाडौं वैशाख, ८–
धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित सलाङकोटमा मिनिबस दुर्घटना भएको छ । काठमाडौंबाट मनकामना जाँदै गरेको बा४ख १४१५ नम्बरको मिनिबस दुर्घटनामा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार २५ जना घाइते भएका छन् । उनीहरुको उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । सडकबाट २५ मिटर तल खसेको बसमा कति यात्रु थिए खुल्न सकेको छैन ।

प्रकाशित मिति : बैशाख ८, २०७६ आइतबार  ६ : १८ बजे