काठ्माण्डौ,बैशाख ८-
भारतिय कांग्रेस आइकि महासचिब प्रियङ्का गान्धिले कांग्रेस आइ अध्यक्ष राहुल गान्धी र पार्टीले आवाश्यक ठानेमा आफु बाराणसीमा प्रधानमन्त्री नरेन्द्र मोदीसग चुनाब लद्न तयार रहेको बताएकी छन ।
उत्तर प्रदेशको अमठीबाट चुनाब लडिरहेका आफ्ना भाइ एबम भारतिय कांग्रेस आइका अध्यक्ष राहुल गान्धिको चुनाब प्रचार प्रसारका क्रममा भएको कार्यक्रममा प्रियंका गान्धिले बाराणासीमा नरेन्द्र मोदी सग चुनाब लड्ने अबसर पार्टिले दिए आफु खुशी हुने बताएकी हुन।
प्रियंका गान्धि हाल उत्तर प्रदेशको अमठीबाट चुनाब लडिरहेका उनका भाइ एबम भारतिय कांग्रेस आइका अध्यक्ष राहुल गान्धिको चुनाब प्रचार प्रसारमा सकृय रहेको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
अमेठीमा राहुल गान्धीसग भाजपा उम्मीदवार स्मृति इरानीले प्रतिस्पर्धा गरी रहेकी छन ।
उत्तर प्रदेशको अमेठि,वायनाड लगाएतका क्षेत्रहरुमा यस अघी बाटै भारतिय कांग्रेस आइको प्रभुत्व रहेको छ त्यस क्षेत्रमा अन्य राजनितिक पार्टीहरुले चुनाब जित्ने सम्भाबना नहुने बताइन्छ ।
उनले चुनाब प्रचारकै दौड्मा भारत प्रशासित काश्मिरको पुलवामा हमला हुँदा मारिएका भारतिय सुरक्षाकर्मीका परिवार सग पनि भेट गरेकि छन ।










