त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका श्यामराज ओझा सभापतिमा निर्बाचित



चैत ५, काठमाडौं : त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार विजयी भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा नेविसंघका श्यामराज ओझा ९६२ मतले विजयी भएका छन्।

उनले नेकपा एमाले निकट अनेरास्ववियुका प्रकाश विष्टलाई २२५ मतान्तरले पछि पारेका हुन्। ओझाले ९६२ मत पाएका थिए भने विष्टले ६३१ मत प्राप्त गरेका छन् । अन्तिम मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रकाशित मिति : चैत्र ५, २०७९ आइतबार  ७ : ४७ बजे