श्रीलंकामा भएको विष्फोटपुर्ण हमलाको इस्लामिक स्टेटले लियो जिम्मेवारी



एजेन्सी ,काठमाडौं वैशाख, १०–

श्रीलंकामा त्यहाँका कृश्चियनहरुलाई लक्षित गरेर तीन सयभन्दा बढीको ज्यान जाने गरि भएको शृंखलाबद्ध आत्मघाती बम विष्फोटको जिम्मेवारी अन्तरराष्ट्रीय अतिवादी संगठन इस्लामिक स्टेटले लिएको छ।

इस्लामिक स्टेटले आफ्नो आधिकारिक समाचार संस्थामार्फत घटनाको जिम्मेवारी लिएको हो ।

इस्लामिक स्टेटले घटनाको जिम्मेवारी लिए सगै घटना अन्तर्राष्ट्रिय आतंकवादी समूहले गराएको भन्ने श्रीलंकाका सरकारी प्रवक्ताको दाबी पुष्टी भएको छ ।

श्रीलंकाका उप रक्षा मंत्री रुवान विजयवर्धनेले त्याहाको सम्सदमा जानकारी गराउदै यसअघी मुसल्मान समुदाय बिरुद्द गरिएका हमलाको बदलामा अन्तरराष्ट्रीय अतिवादी संगठनले यो घटना गराइएको बताएको बताएका थिय ।

गिर्जाघरहरुलाई लक्षित गरी इसाई धर्मावलम्बीहरुको इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी मानिशारुको भिडमा आइतबार गराइएको ८ वटा बिस्फोटका घटनामा परी ३ सय १० जनाको मृत्य भएको थियो भने ५ सय भन्दा बढी घाइते भएका थिए ।

श्रीलङ्का सरकारले थप हमला हुन सक्ने आशङ्कामा त्यहाँको सुरक्षा ब्यबस्था थप कडा बनाएको छ ।

इस्लामिक स्टेटको आधिकारिक समाचारसंस्था अमाकले घटनाको जिम्मेवारी लिएको अन्तर्राष्ट्रिय सञ्चारमाधयामहरुले जनाएका छन् ।

प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार  १ : ५६ बजे