काठमाडौं वैशाख, १०–
केरुङ नाकामा सुन ल्याउँदै गरेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवाको टिमुरेबाट ७ किलो सुन ल्याउदै गर्दा शेर ग्याल्बो घले पक्राउ परेको रसुवाका डीएसपी सन्तोष तामाङले बताएका छन् ।
मंगलबार ना ६ ख ९०६८ नम्बरको स्याउ बोकेको कन्टेनर ट्रक चेकजाँच गर्दा उक्त सुन फेला परेको डीएसपी तामाङले बताए । सोमबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको सबै बाटाहरु प्वाल बन्द गरिसकेको दाबी गरेका थिए । उनले भनेका थिए, ‘अब सुनको तस्करी चल्दैन, जिल्ला जिल्लामा जमिनमुनि गाडेको पनि खोतलेर निकालिन्छ’ भनेको भोलिपल्टै सुन तस्करी हुँदै गरेको अवस्थामा ठूलो परिमाणमा तस्करी हुँदै गरेको सुन बरामद भएको हो ।










