एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने



काठमाडौं, १२ वैशाख । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

एमालेले वैशाख अन्तिम साता झापामा बैठक बस्ने जनाएको हो ।

बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए । उनका अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ ।

गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन ।

प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार  ८ : ०१ बजे