काठमाडौं वैशाख, १३–
नेपाली फिल्म ‘हिम्मतवाली’मा नायकको भूमिका निभएका सुदर्शन गौतमविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) द्वारा रेडकर्नर नोटिस जारी भएको छ । क्यानडामा बस्दै आएका कलाकार गौतम मानवतस्करीमा संलग्न रहेको फेला परेपछि उनीविरुद्ध रेडकर्नर नोटिस जारी भएको हो ।
गौतमले नेपालबाट विभिन्न देश हुँदै अमेरिकासम्म मानव तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
नायिक रेखा थापाको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘हिम्मतवाली’मा थापासँगै अभिनय गरेपछि गौतम चर्चामा आएका थिए । चलचित्रकर्मीकै रूपमा अमेरिका पुगेका उनी त्यहीँबाट क्यानडा गएका हुन् । दुवै हात नभएका गौतम क्यानडाको पीआर होल्डरसमेत हुन् ।










