प्रमुख तीन दलका शीर्ष नेताहरु, प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल बैठक अहिले बसिरहेको छ ।
जारी बैठकमा संसद्मा रहेका विधेयक पारित गर्न जटिलता नआओस भनेर प्रधानमनत्रीले कांग्रेस र एमालेका दुवै अध्यक्षसँग छलफल गरेको बताइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेताहरुसमेत मुछिन थालेपछि यी प्रमुख दलका शीर्ष नेताहरुबीच पटक-पटक छलफल र भेटघाट हुँदै आएको छ ।










