सरकारको नीति तथा कार्यक्रम : निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइने



काठमाडौं, ५ जेठ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने सरकारले घोषणा गरेको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८०र८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन्।

यस्तै, उनले हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिनेपनि बताए।

प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार  ५ : ३३ बजे