काठमाडौं, १४ जेठ। सङ्घीय संसद्को संयुक्त बैठक सुरु भएको छ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा विहान ११ बजेदेखि सुरु भएको हो । आजको बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित हुने कार्यसूची रहेको छ ।
आजै दिउँसो एक बजे संसद्को नियमित बैठक पनि बस्दैछ । सो बैठकमा अथ मन्त्री डा प्रकाशशरण महतले “आर्थिक वर्ष २०७९र०८० को आर्थिक सर्वेक्षण” पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।










