काठ्माण्डौ,एजेन्सि-
भारतीय लोकसभा चुनावअन्तर्गत चौथाे चरणमा ९ राज्यका ७१ स्थानका लागि मतदान सुरु भएकाे छ,अहिले सम्म बङ्गालमा सबैभन्दा बढि१७ प्रतिशत मतदान भएको छ भने निर्बाचनका क्रममा तृणमूल कार्यकर्ता र भारतिय सुरक्षाबल बिच केहि स्थानमा झडप समेत भएको भारतिय सञ्चारमाध्यमहरुले बताएका छन ।
निर्बाचनमा भारतिय जनता पार्टी (भाजपा ) अघाडी देखिएको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन ।
पुर्ण बहुमत नआए पनि यस निर्बाचनबाट भाजपा नै पहिलो पार्टी बन्ने पनि बिभिन्न सर्भेक्षणहरुलाई उधृत गर्दै भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन ।
निर्बाचन अन्तर्गत महाराष्ट्रमा सबैभन्दा बढी १७, उत्तर प्रदेश र राजस्थानमा १३/१३, पश्चिम बंगालमा ८, मध्य प्रदेश र उडिसामा ६/६, बिहारमा ५, झारखंडमा ३ र जम्मु-काश्मीरमा १ सिटका लागि निर्वाचन हुँदैछ।
आज बिहान ७ बजेबाट सुरु भएकाे मतदान साँझ ५ बजेसम्म चल्नेछ। यसअघि शनिबार साँझ ५ बजेबाट याे चरणकाे शून्य समय सुरु भएकाे थियाे। यस समयमा चुनाव हुने राज्यमा चुनावी प्रचारप्रसार गर्न मिल्दैन।










