काठमाडौं, २३ जेठ । प्रतिनिधि सभाको बैठक जारी भएको छ ।
बैठकमा आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तथा अन्य दलहरु रास्वपा र राप्रपाले अवरोध जारी राखेका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल चलिरहँदा विपक्षीले अवरोध गरेका हुन् ।










